क्लब धादिङ शाखाको अध्यक्षमा पत्रकार बर्मा

माघ २३, काठमाडौं–  रिपोर्टर्स क्लब नेपाल धादिङ शाखाको दोस्रो अधिवेशनले सीतारामप्रसाद बर्माको नेतृत्वमा नौ सदस्यीय कार्य समिति चयन गरेको छ ।
क्लबका केन्द्रीय अध्यक्ष ऋषि धमलाको सभापतित्वमा भएको अधिवेशनले उपाध्यक्षमा तुलसी प्रसाद अधिकारी, महासचिवमा श्याबहादुर मगराती, सचिवमा सानुबाबु तिम्सिना, कोषाध्यषमा अर्जुन खतिवडा र सदस्यहरुमा डोल्मा मम्बा, रिता लम्साल, सरिता नेपाली र गिता अधिकारीलाई चयन गरेको हो ।
त्यसैगरी शाखाले आगामि चैत्र १७ गते हुने केन्द्रीय अधिवेशनका लागि  अध्यक्ष बर्मा, उपाध्यक्ष अधिकारी र महासचिव मगरातीलाई महाधिवेशन प्रतिनिधिको रुपमा समेत चयन गरेको छ ।