कहिले खुल्छ नाका?

माघ २२, काठमाडौं–  प्रधानमन्त्री केपी ओलीले बुधबार आफूलाई भेट्न आएका एमाले भ्रातृ संगठन अनेरास्ववियुका नेता कार्यकर्तासँग शनिबारसम्म नाकाबन्दी खुल्न सक्ने धारणा राखे । ओलीको कुरा बाहिर आएलगत्तै बिहीबार विराटनगरमा मधेसी मोर्चामा आबद्ध सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले वीरगन्ज नाका बन्द गरिराख्नुपर्ने आवश्यक नरहेको अभिव्यक्ति दिए ।
विहारका नेताहरूलाई भेटेर फर्केका महतोले मोर्चा बैठकमा नाकाबन्दी खोल्ने प्रस्ताव लैजाने धारणासमेत सार्वजनिक गरे । प्रधानमन्त्री ओली र महतोका अभिव्यक्तिपछि ुकुनै सकारात्मक परिणाम आइहाल्ने हो कि रुु भनेर सबैको नजर अब हुने प्रमुख तीन दल र मधेसी मोर्चाबीचको वार्तातर्फ सोझिएको छ ।

संविधान संशोधनपछि टुटेको संवाद गत सोमबारबाट पुनः सुरु भएको छ । सम्भवतः शुक्रबार वा शनिबार दुई पक्षबीच कार्यदल र शीर्ष तहमा संवाद हुन सक्छ । बिहार भ्रमणबाट फर्केका नेताहरू शुक्रबारसम्म राजधानी आइपुग्नेछन् ।

तमलोपा नेता महन्थ ठाकुर काठमाडौंमै छन् । उपचारका लागि भारत गएका तमलोपाकै नेता तथा वार्ता टोलीका सदस्य हृदयेश त्रिपाठी पनि बिहीबार फर्केका छन् । संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादव बिहीबारै राजधानी आइसकेका छन् भने महतो शुक्रबार आउने तयारी छ ।

ुसरकारका तर्फबाट वार्ताको संयोजन गरिरहेको छु, नेताहरू र्फकन थाल्नुभएको छ, उहाँहरू आइसकेपछि छलफल अघि बढ्छ,ु उपप्रधानमन्त्री तथा रक्षामन्त्री भीम रावलले भने, ुहामीले नेपाल र नेपालीलाई दुःख दिने काम नगरौं भन्दै आएका छौं, अहिले उहाँहरू पनि मुलुक र जनतालाई समस्या पर्ने काम नगरौं, आन्दोलनको स्वरूप पुनर्विचार गरौं भन्ने मनस्थितिमा पुग्नुभएको छ, यो स्वागतयोग्य छ ।(कान्तिपुर दैनिकबाट)