लागुऔषधि कारोबारमा संलग्न दुई पक्राउ

माघ २१, काठमाडौं–ललितपुरको गाबाहलबाट प्रहरीले लागू औषधको कारोबारमा संलग्न दुईजनालाई पक्राउ गरेको छ।
ललितपुर प्रहरी परिसरबाट खटिएको प्रहरीको टोलीले लागू औषध झोलामा बोकेर हिँडिरहेका उनीहरुलाई गाबाहलबाट पक्राउ गरिएको एसएसपी पिताम्बर अधिकारीले जानकारी दिए।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक होक्से–९ का कृतन लामा र काभ्रेपलाञ्चोककै भिमखोरी–५ का सरोज शिवभक्ती रहेका छन्।

उनीहरुको साथबाट लागू औषध फेनारगन र नुफिन एम्पल ११६–११६ थान, डाईजापाम एम्पल ११६ थान, लोकोजेसिक एम्पल १०० थान, १६ थान नाइट्राजेपाम ट्वाब्लेट बरामद गरिएको छ। प्रहरीले पक्राउ परेका शिवभक्तीको साथबाट २२ हजार ६ सय ५० र लामाका साथबाट ७५ हजार ८ सय ३५ रुपैयाँ पनि बरामद गरेको अधिकारीले बताए।

बरामद गरिएको लागू औषध उनीहरुले रक्सौल र भैरहवाबाट कारोबारका लागि लिएर आएको खुलेको छ।