युवाका समस्या समाधान गर्न माग

माघ २०, काठमाडौं— युवा संघ नेपाल, तरुण दल ,वाइसीएल प्ररायु संघ, प्ररायु संघ नेपाललगायत सरकार पक्ष र प्रतिपक्ष युवा सगठनले विदेशमा रहेका युवाका समस्या समाधान गर्न माग गरेका छन् ।
उनीहरुले विदेशमा रहेका युवाहरुको सामुहिक समस्थालाई समाधान गर्ने ,वैदेशिक रोजगारीमा भएका विकृृती ,ठगी ,मानव तस्करी लगायतलाई रोक्नुपर्ने ,नेपालीदुतावासमा युवाहरुको समस्यालाइ ध्याननदिएको ,मनपावर व्यवसायलाइ कानुनी दायरामा ल्याउनुपर्नेलगायत माग गरेका हुन् ।
युवा संघका अध्यक्ष राजिव पहारी ,तरुण दलकी कावा अध्यक्ष राधा घले, वाइसीएलका अध्यक्ष आरसी शर्मा ,प्ररायु संघका अध्यक्ष दिपक राई ,प्ररायु संघ नेपालका अध्यक्ष प्रकाश रिमाल ,युवा संघका प्रवक्ता प्रभात विक्रम कटवाल लगायतले भेटी विदेशमा रहेका युवाको समस्याको अवगत गराएका थिए ।
मन्त्री वोहराले समस्यालाई समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्दै युवालाई स्वदेशमै रोजगारको व्यवस्था गर्ने ,पुननिर्माणमा युवालाई परिचालन गरि ६ महिना भित्र सीपयुक्त मेनपावरको रुपमा विकास गर्ने र पुननिर्माणका खटेका युवालाई प्रमाणपत्रको व्यवस्था गर्ने र सरकारले दिएको प्रमाणपत्रका आधारमा मात्रै वैदेशिक रोजगारमा जान दिने वताए ।