राप्रपा र राप्रपा नेपालबीच पार्टी एकीककरण होला?

माघ २०, काठमाडौं–राप्रपा र राप्रपा नेपालबीच पार्टी एकीककरण गर्नका लागि प्रक्रिया सुरु भएको छ । दुवैले पार्टी एकीकरणका लागि वार्ता गर्न समिति गठन गरेका छन् । राप्रपा नेपालले वार्ता समिति गठन गरेको दुई दिनपछि नै राप्रपाले समेत मंगलबार समिति गठन गरेको छ ।

राप्रपाले राप्रपा नेपालसित पार्टी एकताका लागि महामन्त्री बुद्धिमान तामाङ संयोजकत्वमा सात सदस्यीय वार्ता समिति गठन गरेको छ । राप्रपाका अनुसार समितिका सदस्यमा प्रवक्ता ठाकुर शर्मा, सहायक महामन्त्रीद्वय हेमजङ गुरुङ र भुवनकुमार पाठक, सहायक प्रवक्ता किरण गिरी, केन्द्रीय सदस्यद्वय श्रीमती दुर्गा श्रेष्ठ र रामकृष्ण भट्टराई छन् ।

राप्रपा नेपालले राप्रपासँग एकीकरण प्रक्रिया अघि बढाउन उपाध्यक्ष राजीव पराजुलीको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ ।(
कान्तिपुर दैनिकबाट)