सरकारले दिएन पूर्वप्रधानमन्त्री कोइराला र भट्टराईको अन्त्येष्टि खर्च

माघ २०, काठमाडौं–लामो राजनीतिक संघर्षसँगै राष्ट्र र सरकार प्रमुखको समेत जिम्मेवारी सम्हालेका गिरिजाप्रसाद कोइरालाको निधन भएको ६ बर्ष बितिसकेको छ ।
अर्का सन्त नेता तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको पनि निधन भएको पाँच बर्ष बितिसकेको छ । सरकारले दुबै प्रधानमन्त्रीलाई राजकीय सम्मानका लागि सरकारी खर्चमै पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने निर्णय गर्‍यो ।

तर, पटक(पटक प्रधानमन्त्री भैसकेका पूर्वप्रधानमन्त्रीद्वयको अन्त्येष्टि खर्च भने सरकारले अझै तिरेको छैन । पूर्वप्रधानमन्त्री कोइरालाको अन्त्येष्टिमा करिब २५ लाख रुपैयाँ र अर्का पूर्वप्रधानमन्त्री भट्टराईको अन्त्येष्टिमा करिब ४ लाख रुपैयाँ खर्च भएको थियो ।(राजधानी दैनिकबाट)