दाउराले हानेर श्रीमतीको हत्या

माघ १७, चितवन–भरतपुर–७ उज्जल टोलका स्थानीय ३८ वर्षीय त्रिभुवन काफ्लेले श्रीमती जमुना काफ्लेलाई दाउराले हानेर हत्या गरेका छन् ।

राति करिब ११ बजे भएको उक्त घटनापछि गम्भिर घाइते यमुनालाई उपचारका लागि कलेज अफ मेडिकल साइन्सेज भरतपुर लगेपनि आइतबार बिहान उनको ज्यान गएको हो।

घरायसी झगडाका क्रममा श्रीमानले उनलाई दाउराले प्रहार गरी हत्या गरेको पाइएको प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिए। उनलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको छ। कर्तव्य ज्यान मुद्दामा कारबाही गरिने प्रहरीले जनाएको छ।