ग्यारेजमा राखेको बसमा आगलागी हुँदा एकजनाको मृत्यु

माघ १४, काठमाडौं– ललितपुरको धोबीघाटस्थित ग्यारेजमा राखेको बा १ ख ८०६८ नम्बरको बसमा आगलागी हुँदा एकजनाको मृत्यु भएको छ।

गएराति एक बजेतिर भएको आगलागीमा परी एकजनाको मृत्यु भएको त। उनको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ।

आगलागीमा ज्यान गुमाएका व्यक्तिको शरीरमा चिन्नै नसक्ने अबस्थामा बसभित्रै फेला परेको प्रहरीले जनाएको छ।

बसमा राति एक्कासी कसरी आगलागी भयो भन्नेबारे केही खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।