कलाका कुरामा पौभा

काठमाडौं–पूर्णप्रकाश योजुको बाल्यकाल नेवारी संस्कृतिमा बित्यो । त्यसैले उनलाई परम्परासंग नजिकिने प्रशस्तै अवसर थिए । उनी सानैदेखि धार्मिक चित्र बनाउने गर्थे । पछि उनले यसैमा भविष्य सुनिश्चित गर्ने सोच बनाए ।

 
पौभा लेख्न थालेको करिब चार दशक लामो यात्रा पार गर्दै आएका भक्तपुरका पूर्णले बौद्धस्थित तारा गाउ म्युजियममा आफ्नो सिर्जना र कला यात्राबारे दर्शकमाझ अनुभव सुनाए ।
नेपाल कला पत्रकार समाज र तारा गाउं म्युजियमको  सहकार्यमा हरेक महिनाको दोस्रो बुधबार ‘कलाका कुरा’ श्रृखला संचालन हुंदै आएको छ । जस अन्र्तगत दोस्रो श्रृंखलामा  पूर्णप्रकाशसंग पत्रकार संगीता श्रेष्ठले साक्षात्कार गरेकी थिइन् । परम्परागत पौभा लेख्ने पुर्णप्रकाशले यसको ऐतिहासीकदेखि आधुनिक चरण सम्मको अवस्थामाथि प्रकाश पारेका थिए ।
उनले पछिल्लो समय पौभामा तिब्बतीय प्रभावसंगै भारतीय र युरोपेली प्रभाव समेत भेटिन थालेको सुनाए । १० रुपैयामा पौभा बेचेको अनुभव सुनाउदै बढिमा ८ लाख सम्मको कला बिक्री गरेको उनले बताए । यसले पौभाको व्यवसायिक सफलता बढ्दै गएको पुर्णप्रकाशको दावी छ । देवीदेवताको मुल्य मान्यतामा आधारीत भएर पौभा लेख्ने चलन छ । यसलाई नियममा बाधिएर गरिने कला पनि भनिन्छ । तर, पछिल्लो समय युवा पुस्तामा फरक शैलीमा काम गर्ने प्रयास समेत गरेका छन् । पूर्णले यसलाई पौभा भन्नेकी कला ? अहिले पौभा कलामा दुविधामा परेको विषय यहि रहेको उनले सुनाए । ‘आचार संहिता प्रस्ट छैन’ उनले भने ‘पौभाको मौलिकता जोगाउन के गर्ने सोच्नै पर्ने विषय हो ।’