३६ वर्षदेखि स्कुल, ५ पास गर्ने कोही भएनन्

माघ १४, काठमाडौं– साढे तीन दशकअघि खुलेको विद्यालयमा पढेका एक जनाले पनि पाँच कक्षा उत्तीर्ण गरेका छैनन्। हुम्लाको लिमी गाविसको यथार्थ हो यो।

हिमपातले आवागमन रोकिँदा झन्डै ६ महिना लिमीका तीनवटा बस्तीको सदरमुकामसँग सम्पर्क टुट्छ। जिल्लाको उत्तरी भेगमा चीनको तिब्बत सीमावर्ती इलाकाका ती बस्तीमा न नियमित पढाई हुन्छ, न अनुगमन नै। अधिकांश विद्यार्थीले पाँच कक्षा पढिनसकी विद्यालय छाड्छन्। विद्यालय खुलेको ३६ वर्ष पुगिसकेको छ।

गाउँका पाँच कक्षा उत्तीर्ण गरेका कोही नभएको गाविसका पूर्वअध्यक्ष छेवाङदोर्जे लामाले बताए।

लिमीमा तिल, हल्जी र जाङ गरी तीन गाउँ छन्। ती बस्तीका लागि आर्थिक वर्ष ०३५÷३६ मा तीनवटा प्राथमिक विद्यालय स्थापना भएका थिए। ( कान्तिपुर दैनिकबाट)