कुनै पनि शक्तिले मलाई पार्टी सभापति हुनबाट रोक्न सक्दैनः पौडेल

माघ १३, दमौली–नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले पार्टी सभापतिमा उम्मेद्वारी दिन यसपालि कुनै पनि हालतमा खुट्टा नकमाउने स्पष्ट पारेका छन ।
रिपोर्टस क्लब तनहँु शाखाले दमौलीमा आयोजना गरेको साक्षात्कारमा उनले, ‘ यसपटकको महाधिवेशनमा कुनै शक्तिले पनि मलाई पार्टी सभापति हुनबाट रोक्न सक्दैन ।’
महाधिवेशनमा संघिय संरचना अन्तर्गत पदहरु सृजना गरिने पनि बताउँदैन संविधान कांग्रेसकै नेतृत्वमा बनेकोले यसको कार्यान्वयन प्रक्रियालाई पनि पार्टीले नै अघि बढाउने बताए ।
उनले महाधिवेशनको विषयमा आशंका नगर्न आग्रह गर्दै महाधिवेशन निर्धारित समयमै हुने विश्वास ब्यक्त गरे ।
मधेशी मोर्चाहरु असन्तुष्ट हुँदाहुँदै संविधान संशोधन गरियो नि के यसले निकास ल्याउला त भन्ने सञ्चारकर्मीको जिज्ञासामा मधेशीका अधिकांश माग समेटिएकाले अब उनीहरुले आन्दोलन फिर्ता लिनुपर्ने बताए ।