सिफलमा सहिद माथेमाको सम्झना

माघ १३, काठमाडौं–सहिद सप्ताहअन्तर्गत आज सहिद धर्मभक्त माथेमालाई मृत्युदण्ड दिइएको स्थान सिफलमा गएर उहाँको सालिकमा माल्यार्पण गरिएको छ ।
सो अवसरमा माथेमा गुठीका अध्यक्ष डा पुष्परामभक्त माथेमा, शिक्षाविद् केदारभक्त माथेमा, काठमाडाँै महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङलगायतले सहिद माथेमाको योगदानलाई अवमूल्यन गर्न नहुने भन्दै वर्तमान राजनीतिक सङ्घर्षको अन्त्य गर्दै विधिको शासन स्थापना गर्नुपर्नेमा जोड दिए ।
राणा शासनको विरोध गरेर जनतालाई प्रजातन्त्रको पक्षमा एकजुट गराएको आरोपमा त्यतिबेलाको राणा सरकारले विक्रम सम्वत् १९९७ मा शुक्रराज शास्त्रीलाई पचलीमा, धर्मभक्त माथेमा सिफलमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई शोभा भगवतीमा मृत्युदण्ड दिएको थियो ।