बाघ गणना गर्ने क्यामेरा चोरी

माघ १२, काठमाडौ–बर्दिया राष्ट्रिय निकुंजमा बाघ गणनाका लागि राखिएका  क्यामेरा चोरी भएका छन् ।

नेपालभर बाघको संख्या पत्ता लगाउने उद्देश्यले बाघको गणना गर्नका लागि राखिएका तीनवटा क्यामेरा चोरी भएको र एउटा क्यामेरा तोडफोड गरी फालिएको अबस्थामा भेटिएको राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख अम्बिकाप्रसाद खतिवडाले बताए।

बाघ गणनाका लागि नै राखिएको अर्को एक क्यामेरा बाघले नै लगेको समेत खतिवडाले बताए। क्यामरा राखिएकै दिन चोरीएकोले क्यामेरा चोरी गर्ने व्यक्तिको खोजी भइरहेको बताए। हराएका क्यामेराको मूल्य ७ सय डलर पर्ने उनले बताए।

माघ ३ गतेदेखि बाघ गणनाका लागि ७२ दिनमा २ सय ९८ वटा स्थानमा ८० जोडी क्यामेराबाट बाघगणना कार्य भइरहेको खतिवडाले बताए।

सन् २०१३ को बाघको गणना अनुसार बर्दियामा ५० वटा वयस्क बाघहरू छन्।