व्यवस्थापिका संसदको बैठक बस्दै

माघ १२, काठमाडौ– नयाँ बानेश्वरस्थित संसद भवनमा दिउँसो ३ बजे व्यवस्थापितका संसदको बैठक बस्दैछ। मंगलवारको संसद बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित विधेयकमाथि छलफल हुने छ।

सोमवार बोलाइएको बैठकमा गणपुरक संख्या नपुगेपछि स्थगित भएको संसद बैठक मंगलवार बस्न लागेको हो। बैठकका लागि यसअघि हिजोकै लागि तय गरिएको कार्यसूची राखिएको संसद सचिवालयले जनाएको छ।