भारतले अझै किन खोलेन नाका?

माघ १२, काठमाडौँ–सरकारले प्रतिवद्दता जनाएअनुसार मधेसी मोर्चाको माग संविधानसंशोधनमार्फत पूरा नभएसम्म नाकाबन्दी नखोल्ने संकेत भारतले गरेको छ । नयाँ संविधान जारी भएलगत्तै विगत चार महिनादेखि नेपालमाथि नाकाबन्दी लगाउँदै आएको भारतले स्पष्ट रुपमा बाँकी मुद्दा पनि सम्बोधन गर्न सरकार र प्रमुख राजनीतिक दललाई आग्रह गरेको छ । पुरानै रटान दोहोर्याउँदै भारतले नाकाबन्दी मधेसी मोर्चाका कारण भएको समेत बताए ।

‘नेपाल भारत नाकामा अवरोध मधेसी मोर्चाले गरेको हो, ‘सोमबार राजधानीमा आयोजित नेपाल भारत सम्बन्ध र चुनौती विषयक अन्तरक्रियामा नेपालका लागि भारतीय राजदूत रञ्जित रायले भने, ‘सरकारले गरेको संविधान संशोधन सकारात्मक छ । बाँकी मुद्दा पनि यसैगरी रचनात्मक तरिकाले सम्बोधन होस् ।’

अब नेपाल सरकारले सम्बोधन गर्नुपर्ने बाँकी मुद्दा के के हुन् त्यो पनि बताइदिनुहोस् न रु भन्ने पत्रकारहरुको जिज्ञाामा राजदूत रायले भने, ‘जुन निर्णय मन्त्रिपरिषद्ले गरेको थियो, हामीलाई त्यही थाहा छ ।’ (नागरिक दैनिकबाट)