६२ सांसदले गरे पार्टी ह्वीप उल्लंघन

माघ ११, काठमाडौं–   सत्ता र प्रतिपक्षमा रहेका तीन प्रमुख दलको ह्वीप उल्लंघन गर्दै ६२ सांससदले संविधान संशोधनको प्रक्रियामा सहभागी नभएको खुलेको छ। जसमा, कांग्रेसका २६, एमालेका २७ र एमाओवादीका ९ सांसद छन्।
बैठकमा अनिवार्य उपस्थित भई संविधान संशोधनका पक्षमा मतदान गर्न संसदीय दलले ह्वीप जारी गरेका थिए। बैठकमा अनुपस्थित सत्तापक्षका सांसदहरु अनुशासनको कारबाहीमा पर्ने भएका छन्।

प्रतिपक्षी कांग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठले भने पार्टी महाधिवेशन तयारीका लागि नेताहरु राजधानी बाहिर जानु परेको भन्दै अनुपस्थित सांसदको बचाउ प्रयास गरेका छन्।

संसद सचिवालयको रेकर्ड अनुसार पूर्वमन्त्रीत्रय रामशरण महत, सुजाता कोइराजा, नरहरि आचार्य, युवा नेता जगदीनरसिंह केसी लगायत मतदानमा अनुपस्थित देखिएका थिए।(कान्तिपुर दैनिकबाट)