लिम्बुवानद्वारा पूर्वका ९ जिल्ला बन्द

माघ १०, काठमाडौ – मोरङको रंगेलीमा भएको घटनाको विरोधमा लिम्बूवान संर्घष समितिले पूर्वका ९ जिल्ला बन्दको आह्वान गरेको छ।

समितिले आह्वान गरेको अरुणपूर्व बन्दका कारण आइतवार बिहानैदेखि ताप्लेजुङसहित पाँचथर, इलाम, तेह्रथुम, संखुवासभा, झापालगायत ९ जिल्लाको जनजीवन प्रभावित बनेका छ।

बन्दका कारण चल्ने छोटो तथा लामो दूरीका सवारी साधन बिहानैदेखि ठप्प छन्। समितिले बजार पसल र शैक्षिक संस्था भने खुला गर्न अनुमति दिएको छ।

घटनाको विरोधमा आइतबार एक दिन यातायात मात्रै बन्द गरिएको समितिले जनाएको छ। गत बिहीवार रंगेलीमा प्रहरीको गोली लागेर तीनजनाको मृत्यु भएको थियो।