शिब श्रेष्ठको गोलले कलाकार विजयी

माघ १०, काठमाडौ –राष्ट्रिय कलाकारहरु लमजुङका बुद्धिजीविहरुसँगको फुटवल खेलमा एकका विरुद्ध दुई गोलको अन्तरले विजयी भएका छन ।
राष्ट्रिय बक्स अफिस फिल्म  क्लब नेपाल, बक्स अफिस ग्रुप र चलचित्र लक्ष्य टिमले संयूक्त रुपमा काठमाडौमा आयोजना गरेको मैत्रिपूर्ण फुटवल प्रतियोगितामा कलाकारका तर्फबाट नायक शिव श्रेष्ठ र  लोकगायक हरिले एक एक गोल हानेका थिए भने बुद्धिजीविका तर्फबाट एक गोल फर्काईएको थियो ।

राष्ट्रिय बक्स अफिस फिल्म  क्लब नेपालको ९९ औं तथा बक्स अफिस ग्रुपको पहिलो आयोजनामा मैत्रिपूर्ण फूटवल प्रतियोगीता भएको थियो । कार्यक्रममा दर्शकहरुको उत्साहजनक सहभागीता रहेको थियो ।