विवाह गर्दै बाहुबली हिरो प्रभास

मुम्बई – बाहुबलीका स्टार अभिनेता प्रभास यतिबेला निकै चर्चामा छन् । तर आफ्ना महिला फ्यानहरुलाई स्तब्ध पार्दै उनले यसै वर्षको अन्त्यमा बिहे गर्ने बताइएको छ । उनका काका तथा तलेगु चलचित्रका अभिनेता कृष्णम राजूले यसै वर्षको अन्त्यसम्म प्रभासले बिहे गर्ने बताएका हुन् ।

उनले माघे संक्रान्तीको अवसरमा आफ्ना काकासँग यस्तो वाचा गरेका रहेछन् । बाहुबली २ को सुटिंग सकेसँगै उनले बिहे गर्ने काका कृष्णम राजुले बताएका छन् । उनीहरु अहिले बेहुलीको खोजीमा छन् । ३६ वर्षिय प्रभास तलेगू चलचित्रमा निकै चर्चित छन् । बाहुबलीको नयाँ शृंखला बाहुबली २ का लागि उनी अहिले सुटिंगमा व्यस्त छन् । यो चलचित्र यस वर्षको अन्त्य वा आगामी वर्षसम्म रिलिज हुने बताइएको छ ।