नाकाबन्दी र खरिद चलखेल प्रभावस् दादुराको खोप नपाउँदा ९ को मृत्यु

माघ ८, काठमाडौँ– सरकारले खोप खरिदमा गरेको लापरबाही र पाँच महिनादेखि जारी मधेस आन्दोलनका कारण खोप लगाउने कार्यक्रम प्रभावित भएपछि विभिन्न जिल्लामा दादुरा प्रकोप देखिएको छ। यो वर्ष मात्र कपिलवस्तुसहित चार जिल्लामा दादुराबाट ९ बालबालिकाको ज्यान गइसकेको छ।

पछिल्ला दिनमा कपिलवस्तुमा मात्र ६ जना बालबालिकाकाले ज्यान गुमाएका छन्। पाँच दर्जनभन्दा बढी बालबालिका बिरामी छन्। डेढ दशकको नियमित खोप र विशेष प्रयासपछि सनु २०१६ मा निवारण गर्ने तयारीमा रहेको दादुरा फेरि देखिएको हो। बालमृत्युदरको प्रमुख कारक मानिने यो खोप जन्मिएको ९ महिना र १५ महिनामा गरी दुई पटक लगाउनुपर्छ ।

यो वर्ष कपिलबस्तुमा ६, बाँकेमा १, बर्दियामा १ र सल्यानमा १ जनाको मृत्यु भइसकेको छ। (नागरिक दैनिकबाट)