पुरानो ऋण असुल्न भूकम्पपीडितको राहतै कब्जा

माघ ७, काठमाडौँ– धादिङ लैताप गाउँका भीमबहादुर चेपाङले भूकम्पपीडितलाई दिएको न्यायो कपडा किन्न १० हजार रुपैयाँको चेक बुझे। छेउमै राखिएको एभरेस्ट बैँकको काउन्टरमा गएर त्यसको नगद बनाए।

फोकस नेपाल नामक गैरसरकारी संस्थाका कर्मचारीले उनलाई च्याप्प समातेर ताने। एकान्तमा लगेर ५ हजार रुपैयाँ जबरजस्ती लिएर। ‘न्याना कपडा किनिदिन साथमा ल्याएका चार जना बालबालिकालाई बचेको ५ हजारले दुखसुख लुगा किनिदिएर रित्तो हात फर्किएँ, भीमबहादुरले सुनाए।’

मझिमटारस्थित जोगिमारा गाविस भवनमा सोमबार फाया नेपाल नामको संसथाले न्यानो कार्यक्रमको पैसा लगेको थियो। जाडोमा भूकम्पपीडितलाई दिने सरकारी घोषणाअनुसार यस गाविसमा फायाले जिम्मा लिएको  थियो।

उसले चेक साट्न सजिलो होस भनेर बैँक काउन्टर छेउमै राखिएका थियो। त्यही राहत बुझ्न लाइनमा थिए लैताप–२ का सिद्धिलाल चेपाङ पनि। उनले पनि चेक बुझे काउन्टरमा साटे। फोकसका कर्मचारीको घेराउमा परे। बुझेको सबै रकम उनीहरुलाई बुझाए र हात टकटक्याउँदै घरतिर लागे।

भूकम्पपीडितकै सहयोगार्थ धादिङमा कार्यरत रहेको दाबी गर्ने फोकसले भूकम्पपीडितले पाएको राहतलाई पुरानो ऋण उठाउने मौका छोपेको हो।(कान्तिपुर दैनिकबाट)