सशस्त्र द्वन्द्वपीडित परिवार र आयोगका अध्यक्ष शर्माबीच भेट

माघ ६, काठमाडौँ–कृष्णप्रसाद अधिकारी, अर्जुन लामा, मैना सुनुवार र उज्जन कुमार श्रेष्ठका परिवार, आफन्त तथा यातनापीडित जनक राउतले आज राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्मालाई भेटी न्याय दिलाउन पहल गरिदिन आग्रह गरेका छन् ।
पीडित परिवारजनले न्याय पाउने आसमा लामो समयदेखि संघर्ष गरेपनि न्याय पाउने अधिकारबाट आफूहरु वञ्चित हुँदै आएको अध्यक्ष समक्ष गुनासो गरेका हुन् ।
सो अवसरमा उनीहरुले संक्रमणकालीन न्यायका संयन्त्रको स्थापना भएपनि आफूहरुले ती निकायबाट न्याय प्राप्त गर्ने विश्वासको वातावरण नपाएको भन्दै वेपत्ता पारिएका व्यक्तिहरुको शव उत्खनन् गरेर आफ्नो संस्कृति अनुसार दाह संस्कार गर्न पाउने अधिकारको रक्षा गरिदिन अध्यक्ष शर्मालाई आग्रह गरेका थिए ।
अदालतले दोषीलाई कारबाही गर्न दिएको आदेशको कार्यान्वयन नहुँदा पीडितले न्यायको अनुभूति गर्न नसकेको हुँदा सोको लागि पहल गरिदिन अध्यक्ष शर्मा समक्ष पीडितहरुको अनुरोध थियो ।
भेटमा अध्यक्ष शर्माले आयोग पीडितहरुको न्याय प्राप्तिको लागि निरन्तर सक्रिय रहेको र संक्रमणकालीन न्यायका संयन्त्रहरुले द्वन्द्व पीडितहरुको न्याय प्राप्तिको दिशामा सहयोग माग गरेको अवस्थामा आयोगले जुनसुकै बेला आवश्यक सहयोग पु¥याउन तयार रहेको बताए ।
स्थापना कालदेखि नै आयोग सशस्त्र द्वन्द्व पीडितहरुको मानव अधिकार संरक्षणका लागि क्रियाशील रहँदै आएको हुँदा आयोगले निरन्तर आफ्नो भूमिका निर्वाह गर्ने उनले बताए ।