चीनले माग्यो दुई जोडी एकसिंगे गैंडा

माघ ४, काठमाडौं – छिमेकी मुलुक चीनले अति दुर्लभ र लोपोन्मुख वन्इजन्तु एकसिंगे गैंडा दिन नेपालसँग् माग गरेको छ। वन तथा भूसंरक्षणमन्त्री अग्निप्रसाद सापकोटाको भ्रमणका क्रममा चीनले आफूहरुलाई दुई जोडी एकसिंगे गैंडा दिन माग गरेको हो।

नेपालले विगतमा विभिन्न मुलुकलाई उपहारका रुपमा दुर्लभ वन्यजन्तु उपहार दिँदै आएको थियो। पछिल्लो समय सरकारले विदेशी संस्थालाई वन्यजन्तु दिने निर्णय रोकेको थियो।

‘सरकारले आधिकारिक रुपमा माग गरेको अवस्थामा अर्को मुलुकले मन्त्रिपरिषद बैठक गरी वन्यजन्तु दिन सक्छ, वनमन्त्री सापकोटाले भने,‘ चीन सरकारले पनि हामीसँग औपचारिकरुपमा पत्र पठाएर  माग गरेपछि मन्त्रिपरिषदबाट निढर्णय गरी गैंगा उपहार दिन सक्छ।’

यसअघि विदेशी संघसंस्थाले माग रेको अवस्थामा वन्यजन्तु दिँदा समस्या हुने भन्दै विरोध भएको थियो।(राजधानी दैनिकबाट)