कांग्रेस महाधिवेशन उद्घाटनका लागि मात्रै ५० लाख लाग्ने

माघ ४, काठमाडौं – नेपाली कांग्रेसको १३ औं महाधिवेशन निकै महँगो बन्ने अवस्था देखिएको छ । महाधिवेशनमा एक करोड २५ लाख रुपैयाँ खर्च बढ्ने भएको हो ।
कांग्रेसका अनुसार १२ औं महाधिवेशनमा भएको दुई करोड ७५ लाखको बजेटले यसपटक नधान्ने देखिएको छ । १३ औं महाधिवेशनमा झन्डै सवा करोड रुपैयाँ खर्च बढी हुने अनुमान आर्थिक समितिले गरेको छ । आर्थिक समितिका सदस्यहरुले १३ औ महाधिवेशनका लागि खर्च हुने बजेटको अनुमान गर्दै आम्दानी र खर्चको सूची तयार गरेको छ ।
महाधिवेशमा झन्डै चार करोड रुपैयाँ खर्च हुने अनुमान गर्दै समितिका सदस्यहरुले बजेट बनाएका छन् । महाधिवेशन प्रतिनिधिको आवास र भोजमा सबैभन्दा बढी रकम खर्च हुने समितिको प्रारम्भिक खाका छ । आवास र भोजका लागि साढे दुई करोड खर्च हुने अनुमानछ । त्यस्तै महाधिवेशन उद्घाटन समारोहका लागि ५० लाख रुपैयाँ लाग्ने अनुमान गरेर बजेट छुट्याइएको छ ।(राजधानी दैनिकबाट)