बरिष्ठ पत्रकार पन्त पुरस्कृत

माघ ३, काठमाडौ –वरिष्ठ पत्रकार  टंक पन्त गोबिन्द बियोगी बिशेष पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको छ ।
सम्पादक समाजले आयोजना गरेको कार्यक्रममा गोबिन्द बियोगी  ट्रष्टद्धारा स्थापित सो पुरस्कार सुचना तथा सचार मन्त्री शेरधन राइले हस्तान्तरण गरेका हुन ।
दुई दशक भन्दाबढी  व्यावसायिक पत्रकारिताका लागि निरन्तर क्रियाशील भै राष्ट्रका लागि महत्पुर्ण योगदान पुर्याएको कारण पुरस्कुत गरिएको सम्पादक समाज र ट्रष्टले जनाएको छ ।
सम्पादक समाजका अध्यक्ष देबेन्द्र गौतमको अध्यक्षतामा भएको कार्यक्रममा तरुण साप्ताहिकका सम्पादक परशु त्रिमिरेलाई गोबिन्द बियोगी पत्रकारिता पुरस्कार प्रदान गरिएको  थियो ।
ट्रष्ट स्थापनामा प्रमुख भुमिका निर्बाह गरेका गोबिन्द बियोगीका सुपुत्र किरण बैधकै सक्रियतामा मातृभुमि साप्ताहिकमा ०३१ देखि ०४१ सम्म प्रकाशित सम्पादकीय संग्रहको पनि मन्त्री राइले लोकार्पण गरेका छन् ।