२ सय ५५ बुलेट ग्यास ‘रि–रुट’ भएर नेपाल भित्रिँदै

पुस ३०, काठमाडौँ –लामो समयदेखि रक्सौल वीरगन्ज नाकामा रोकिएका २ सय ५५ ग्यास बुलेट ‘रि–रुट’ भएर सुनौली र जोगबनी नाकाबाट नेपाल भित्रिँदैछन्।

निर्धारित समय १५ दिनभित्र उक्त परिमाणमा ग्यास बुलेट राजधानी भित्रिएपछि साढे २ लाख परिवारले ग्यास पाउनेछन्। नेपाल आयल निगमका अनुसार ५० वटा ग्यास बुलेट ‘रि–रुट’ भइसकेका छन्। बाँकी २ सय ५ बुलेट ग्यास रि रुटका लागि कागजात मिलाउन सुरु भइसकेको छ। केही दिनमा ती ग्यास बुलेटले पनि ‘रि–रुट’ अनुमति पाउने स्रातको दाबी छ।

हाल काठमाडौंमा १० लाख परिवार बस्छन्। ‘रि–रुट’ भएर आउने ग्यासले कुल मागको २५ प्रतिशत पूरा गर्छ। त्यसो गर्दा २ लाख ५० हजार परिवारले ग्यास पाउन सक्ने निगमले अनुमान गरेको छ।(नागरिक दैनिकबाट)