रक्सौलमा धर्नाकारी छैनन्, नाका बन्द

पुस ३०, काठमाडौँ–  वीरगन्ज नाकास्थित धर्नास्थलमा बुधवार अपरान्ह ६ जना बसिरहेका थिए। तीमधये चारजना त्रिपालमा र दुई साधु मधेसी मोर्चाको ब्यानरमुनि आगो तापिरहेका थिए। आवागमन अबरुद्ध पार्न मूल सडकमा तेस्र्याइएका बाँसमुनिबाट पैदल यात्रु, साइकल र मोटरसाइकलमा ओहोदोहोर गरिरहेका देखिन्थे।

छठ पर्वयता धर्नामा बस्ने आन्दोलनकारीको संख्या न्यून बनेको छ। तर रक्सौल भन्सारका कर्मचारीले सीमा अबरुद्ध रहेकाले मालवाहक सवारी साधन पठाउन नसकिएको बताउँदै आएका छन्। तिनै कर्मचारीले खुद्रा सामान भने निर्बाध आउन दिइरहेका छन्।

संविधान र प्रदलेश सीमाकंनप्रति असन्तुष्टि राख्दै मधेस केन्द्रीत दलहरुले काठमाडौंको दानापानी ठप्प पार्ने भन्दै थालेको सीमानाका धर्ना फिर्ता भएको छैन। तर वीरगन्ज रक्सौलबाहेक सबै नाका सुचारु भइसकेका छन्। मुलुकको कुल आयातको ७० प्रतिशतभन्दा बढी हिस्सा ओगट्ने वीरगन्ज नाका अझै ठप्प छ। (कान्तिपुर दैनिकबाट)