सभापतिको उम्मेद्वारको सूचीमा थोत्रो नेता कोइरालादेखि नयाँ नेता गगनसम्म

पुस २९, काठमाडौं–नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा सभापतिको उम्मेद्वार बन्न चाहनेहरुको संख्या दश पुगेको छ ।

सम्भावित उम्मेद्वारको सूचीमा सर्वाधिक थोत्रो नेता सुशील कोइरालादेखि नयाँ नेता गगन थापासम्म छन् । पार्टीका प्रमुख नेताहरु सुशील कोइराला, शेरबहादुर देउवा र रामचन्द्र पौडेलबीच हुने सम्भावित प्रतिस्पर्धालाई उच्च चासोका साथ हेरिएकोमा युवा नेता गगन थापालाई समेत एकथरी नेता–कार्यकर्ताले पार्टी सभापतिमा उम्मेद्वार बन्न सुझाव र दबाा दिइरहेको बुझिएको छ ।

गत सोमबार धुलिखेलमा सम्पन्न कांग्रेसका केही नेता तथा कार्यकर्ताहरुको प्रतिनिधिमूलक भेलाले थापालाई सभापतिको उम्मेद्वार बनाउने निष्कर्श निकालेको छ । (घटना र विचार साप्ताहिबाट)