दुर्गम गाउँमा आयोडिन नुन वितरण हुँदै

पुस २०, जाजरकोट–
जाजरकोटका दुर्गम गाउँमा आयोडिनयुक्त नुन वितरण गरिने भएको छ ।

साल्टे«डिङ कर्पोरेसन लिमिटेड शाखा जाजरकोटका अनुसार पहिलो चरणमा पुस २१ देखि ४० क्विन्टल आयोडिन नुन वितरण गरिने भएको हो ।

जिल्लाको क्षेत्र नं १ को दल्लीमा ५०० क्विन्टल आयोडिनयुक्त नुन वितरण गरिने प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए । आयोडिनयुक्त नुन लिनका लागि सदरमुकाममा हजारौं खर्च गरेर आउने यहाँका दुर्गम स्थानका स्थानीयवासी गाउँघरबाटै अब लाभ लिन सक्नेछन् ।
दल्लीबाट लहँ, खगेनकोट, रग्दा, भगवती, सक्लालगायतका गाविसका जनताले सेवा लिन सक्नेछन् ।
जिल्लाको क्षेत्र नं २ को थलह बजारमा केही दिनमा आयोडिनयुक्त नुन वितरण गरिनेछ । यहाँ ५०० क्विन्टल कोटा निर्धारण गरिएको उनले बताए ।