पहिलो पटक फोटोग्राफी सम्मेलन

पुस १८, काठमाडौं–

फोटोग्राफर र फोटोग्राफीसम्बन्धी जानकारी गराउने उद्देश्यले नेपालमा पहिलो राष्ट्रिय फोटोग्राफी सम्मेलन २०१६ को आयोजना गरिएको छ ।

आर्टोडियोको आयोजनामा भएको सो सम्मेलनमा देशभरका १२ नव युवा फोटोग्राफरका फोटो प्रदर्शनीका साथै विभिन्न फरक क्षेत्रका व्यक्तिसँग छलफल गरिने सम्मेलनका संयोजक विकेन रञ्जितले जानकारी दिए ।

नयाँ फोटोग्राफर र पुराना फोटोग्राफरबीचको दुरीलाई कम गर्ने र पुराना फोटोग्राफरका अनुभव नयाँलाई सुनाउने र नयाँ फोटोग्राफरसँग भएका नयाँ प्रविधिलाई देखाउने थलोका रुपमा सम्मेलनलाई लिन सकिने उनले बताए ।

फोटोग्राफीसम्बन्धी अध्ययन गर्ने कुनै संस्थागत प्रतिष्ठान नभएको बताउँदै अब नयाँ प्रविधिलाई आत्मसात् गर्दै नयाँ ढङ्गले फोटोग्राफीका क्षेत्रमा कार्य गर्नुपर्ने आवश्यकता रहेको उनले बताए ।