सुर्खेतमा भेटियो विश्वमै दुर्लभ गिद्ध

पुस १८, सुर्खेत–

विश्वमै दुर्लभ डङ्गुर (हिमालयन ग्रिसन) जातको गिद्ध सुर्खेतमा भेटिएको छ ।

जिल्ला वन कार्यालय सुर्खेतले लोपोन्मुख अवस्थामा रहेको उक्त गिद्ध बिरामी अवस्थामा भेटिएको जनाएको हो ।

वीरेन्द्रनगर–८ इत्रामस्थित शङ्करचोक नजिकै औषधिले लठिएको अवस्थामा फेला परेको गिद्धको अहिले उपचार जारी रहेको वन कार्यालयले जनाएको छ ।

मुखबाट फिज फालिरहेको अवस्थामा गिद्धलाई देखेको स्थानीय बासिन्दाले जानकारीे गराएपछि तुरुन्त उद्धार गरी उपचार थालिएको जिल्ला वन अधिकृत हेमराज विष्टले बताए ।

औषधि प्रयोग गरेको पशुको सिनो खाएपछि गिद्ध बिरामी भएको हुनसक्ने आशङ्का गरिएको छ ।