आगो ताप्ने क्रममा जलेर मृत्यु

पुस १७ गुल्मी –गुल्मीको शान्तिपुरमा आगो ताप्ने क्रममा जलेर एकजनाको मृत्यु भएको छ ।

विशुखर्क–१ बजेनीका ३६ वर्षीय झकबहादुर सार्कीको गएराति आगो ताप्ने क्रममा जलेर मृत्यु भएको प्रहरीले जनाएको छ।

मदिरा सेवन गरेर घरमै बसेर आगो ताप्दै गर्दा सार्की मृत्यु भएको हो । आगो ताप्ने क्रममा जलेका सार्कीको शरीर पहिचान गर्न नसकिने गरी पूरै जलेको छ भने आगलागी कसरी भयो भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सार्कीले शान्तिपुर बसपार्कमा ज्याला मजदुरी गरेर चारजनाको परिवार पाल्दै आएका थिए ।