भारतीय वन रक्षकद्वारा नेपालीमाथि गोली प्रहार

बर्दिया, १० पुस ।
भारतीय वन रक्षकले हानेको गोली लागेर बर्दियाका एक युव घाइते भएका छन् ।

बर्दियाको नेपाल­भारत सीमा क्षेत्रको मूर्तिहा नाका नजिक कतर्नियाघाट वन्यजन्तु आरक्षमा भारतीय वन रक्षकले गोली चलाउँदा गुलरिया नगरपालिका­१२ टेपरी गाउँ निवासी २१ वर्षीय शेरबहादुर डाँगी घाइते भएका हुन् ।

डाँगी आरक्षमा दाउरा खोज्न गएका थिए । उनी नेपाल­भारत सीमाबाट दुई सय मिटर वरै नेपाली भूमिमै थिए । नेपाल­भारत सीमानामा रहेको ६१ नम्बरको मुख्य पिलरको सहायक पिलर नम्बर ८ नजिक भारतीय वन रक्षकले गोली हानेको डाँगीले जानकारी दिए ।

उनको टाउकोमा दुईवटा छर्रा लागेको छ । घाइते डाँगीको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव निरीक्षक नेत्रमणि गिरीले डाँगीको अवस्था सामान्य रहेको जानकारी दिए ।