संविधानमा भएका अधिकारबारे जनता भ्रममा छन्ः नेम्वाङ

ताप्लेजुङ, ९ पुस ।

पूर्व सभामुख तथा एमाले नेता सुवासचन्द्र नेम्वाङले संविधानमा भएका आम अधिकारहरुको बारेमा सही ढंगले प्रचार प्रसार नहुँदा जनता भ्रममा रहेको बताएका छन् ।

राज्यका तर्फबाट प्रभावकारी रुपमाले संविधानमा भएका व्यवस्था बारे सही सूचना नपुर्याइएकाले जनतामा भ्रम फैलिएको नेम्वाङको भनाई थियो ।

‘जनताको संविधान जनताकै माझमा’ भन्ने नारासहित सरकारले शुरु गरेको राष्ट्रयापी अभियानको ताप्लेजुङ जिल्ल्ला स्तरीय सभाको बहिवार फुुङलिङमा बजारमा सुभारम्भ गर्दै नेम्वाङले अप्ठेरोकाबीच संविधान जारी गर्दा संविधानमा भएका सबै व्यवस्था जनतालाई बुुझ्ने गरी पुर्याउन नसकिएको पनि बताए ।

नयाँ संविधानले एउटामा रहेको बुद्धि, विवेक र क्षमता अर्कोमा सार्न सक्ने बाहेक अरु सबै अधिकार प्रदान गरेको दाबी गरे । नेम्वाङले संविधान कार्यान्वयनमा यि तीनवटा पक्षलाई एकसाथ प्रयोग गर्न हो भने संविधान बारे जनतामा पुुगेका भ्रम स्वत हटेर जाने पनि बताएका छन् ।

नेपालको संबिधान २०७२ लाई प्रमाणीकरण समेत गरेका नेम्वाङले मौजुदा संविधानलाई संसारकै उत्कृष्ट भएको भन्दै प्रशंसा पनि गरे ।