बैंक जाँदै हुनुहुन्छ ? लोडसेडिङको तालिका हेर्नुस्

मंसिर २३ , काठमाडौं – वित्तीय कारोबारका लागि बैंकमा जाँदै हुनुहुन्छ भने लोडसेडिङको तालिका हेर्न नबिर्सनुहोला । अहिले धेरै बैंक तथा वित्तीय संस्थाले लोडसेडिङ तालिकाका आधारमा बैंकिङ समय परिवतन गरेका छन् ।

यसैले लोडसेडिङ तालिका हेरी बत्तीय आउने समय बैंक गएमा समय बँच्नुका साथै सेवा पनि लिन सहज हुने नयाँ पत्रिकामा खबर छ । भारतीय नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको अभाव भएपछि केही बैंकले कारोबार समय नै परिमार्जन गरेका हुन् । यस्ता बैंकले सार्वजनिक सूचना जारी गरी लोडसेडिङ नहुने समयमा सेवा लिन ग्राहकलाई आग्रहसमेत गरेका छन् । सेवा ग्राहीले आफूलाई पायक पर्ने शाखामा लोडसेडिङ तालिकाको समूह र समय हेरेर मात्र जाँदा बुद्धिमानी देखिन्छ ।
नेपाल बैंकर्स संघका अध्यक्ष उपेन्द्र पौडेलले असहज परिस्थितिका कारण इन्धन अभावले बैंक सञ्चालन गर्न सक्ने अवस्था नभएपछि केही बैंकले लोडसेडिङ तालिकाअनुसार बैंकिङ समय परिमार्जन गरेको बताएका छन् ।