वातावरणमैत्री सवारीसाधन प्रवद्र्धन गर्न जनचेतना जगाउने उद्देश्यले साइकल र्याली

 

मंसिर ९, काठमाडौँ – काठमाडौँ उपत्यकामा प्रदूषण नियन्त्रणका लागि वातावरणमैत्री सवारीसाधनलाई प्रवद्र्धन गर्न जनचेतना जगाउने उद्देश्यले साइकल ¥याली आयोजना गरिएको छ ।

विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयको आयोजनामा आज भएको ¥यालीमा साइकल, विद्युतीय कार र स्कुटर एवम् सफा टेम्पो गरी २०० सवारी साधनको सहभागिता थियो ।

¥याली जावलाखेलबाट सुरु भई कुपन्डोल–त्रिपुरेश्वर–रत्नपार्क–केशरमहल–नारायणहिटी दक्षिणढोका–जयनेपाल–पुतलीसडक–भद्रकाली नयाँबाटोबाट बबरमहलस्थित सडक विभागको पुरानो भवनमा पुगी समापन भएको थियो ।

¥यालीको सुरुवात गर्दै विज्ञान प्रविधि तथा वातावरण मन्त्री विश्वेन्द्र पासवानले अहिलेको इन्धन सङ्कटपूर्ण अवस्थामा थोपाथोपा इन्धन बचाउनका लागि इन्धनको उपयोग नहुने साइकल, विद्युतीय कार र स्कुटर एवम् सफा टेम्पो जस्ता सवारीको प्रयोग गरिनुपर्ने बताउनुभयो । “प्रदूषित बन्दै गएको काठमाडौँ उपत्यकाको वातावरण स्वच्छताका लागि पनि यस्ता सवारीले सहयोग पु¥याउने भएकाले इन्धनको सङ्कट भएका बेलामा मात्र नभई सधैँ प्रयोग गरी आत्मनिर्भर बन्ने बानी बसाल्नुपर्छ”–उहाँले भन्नुभयो ।

कार्यक्रममा पूर्व मुख्यसचिव लीलामणि पौड्याल, मन्त्रालयका सचिव डा कृष्णचन्द्र पौडेल र वातावरण महाशाखा प्रमुख महेन्द्रमान गुरुङलगायतको सहभागिता रहेको थियो ।