मन्त्रालयद्वारा साइकल र्यालीमा भाग लिन आह्वान

मंसिर ६, काठमाडौँ – विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयले इन्धन समस्या समाधानार्थ र वातावरणमैत्री यातायातको प्रयोग बढाउने उद्देश्यले आयोजना गर्ने बृहत् साइकल ¥यालीमा सहभागिताका लागि सबैलाई आह्वान गरेको छ ।

इन्धन समस्या समाधानार्थ र वातावरणमैत्री यातायातको प्रयोग बढाउन सरोकारवाला सरकारी निकाय र सम्बद्ध अभियन्ताबीच आज यहाँ मन्त्रालयले आयोजना गरेको छलफलमा इन्धन सङ्कटका अवस्थामा सरकारी निकाय, गैरसरकारी निकाय र सर्वसाधारणलाई वातावरणमैत्री सवारी साधनको प्रयोग गर्न अभिप्रेरित गर्नु आवश्यक रहेको निष्कर्ष निकाल्दै साइकल ¥यालीमा सहभागिताका लागि आग्रह गरेको हो । ¥याली यही मङ्सिर ९ गते बिहान ७ः३० बजे हुनेछ ।

मन्त्रालयले छलफलपछि विज्ञप्ति जारी गरी इन्धन आवश्यक नपर्ने, साइकल र नविकरणीय तथा वैकल्पिक ऊर्जाद्वारा सञ्चालन हुने सवारी साधनको प्रयोगका लागिसमेत आम नागरिकलाई अपिल गरेको छ ।

¥याली ललितपुरको जावलाखेल चोकबाट थापाथली, त्रिपुरेश्वर, रत्नपार्क, जमल, नारायणहिटी, दक्षिणगेट, कमलपोखरी, पुतलीसडक, पद्मोदयमोड, भद्रकाली, माइतीघर हुँदै वन विभागको प्राङ्गण बबरमहलमा पुगी कोणसभामा परिणत हुनेछ ।

वातावरणमन्त्रीको नेतृत्वमा हुने ¥यालीमा सहभागिताका लागि मन्त्रालयले सरकारका निकाय, नेपाल प्रहरी, वातावरण क्षेत्रमा कार्यरत सङ्घसंस्था, वातावरण अभियन्ता र सर्वसाधारण सबैलाई आग्रहसमेत गरेको छ । रासस