कांग्रेसले देखायो सरकार मोर्चा बिचको वार्तामा बस्ने संकेत

मंसिर ४, काठमाडौँ – नेपाली कांग्रेस सरकारले मोर्चाँग गर्ने वार्तामा आफु सहभागी हुने संकेत देखाएको छ ।

सरकारले वार्तामा वस्नु पूर्व नै मोर्चासँग छलफल गर्ने बुँदा र मुद्धाहरुमा दुई पक्षको छलफल हुनु पर्ने र सरकारले काँग्रेसलाई बैठकमा आव्हन गर्नुपर्ने शर्त भने अघि सारेको छ ।

कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले आज यस्तो निर्णय गरेको प्रवक्ता दिलेन्द्र प्रसाद बडुले जानकारी दिए ।

प्रवक्ता बडुका अनुसार बैठकले पुननिर्माण प्राधिकरणले पहिलेकै योजना अनुसार काम गर्नुपर्ने, सरकारले गरेका कामको एक महिनाको समिक्षा गरेर पार्टीले आफ्नो धारणा बनाउने लगायतका विषयमा समेत छलफल गरेको थियो ।

लामो समयदेखि मोर्चाको आव्हानमा काँग्रेसले बैठकमा बस्न अस्विकार गर्दै आएको थियो ।