भारतीय नाकाबन्दीसामु झुक्दिन: प्रधानमन्त्री

मंसिर ३, काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस आन्दोलन समाधानको नाममा भारतीय नाकाबन्दीसामु नझुक्ने बताएका छन् ।

नेपाल मजदुर किसान पार्टीसम्बद्ध विभिन्न पेसागत तथा जनवर्गीय संगठनहरुले बुधबार बुझाएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले कुनै पनि राष्ट्रघाती सन्धि–सम्झौता नगर्न आफू कटिबद्ध रहेको बताएका हुन् ।
मधेसमा चालू समस्या समाधान र सङ्घीयताको पुनः सीमाङ्कनको नाममा केही दलहरु मिलेर राष्ट्र हितविपरीतका सम्झौता हुनसक्ने सम्भावनाप्रति सजग पार्दै उनीहरुले उक्त ज्ञापनपत्र बुझाएको बताएका छन् ।