प्रदिप सुवेदी गीतीएल्बम “the Best10” बजारमा

काठमाडौँ – अहिले पछिल्लो अवस्थामा नेपाली गीत संगीतमा गीतएल्बम निकाल्ने, गीत गाउने लोकप्रियता निकै चलिरहेको / बढिरहेको छ । यसै क्रममा गीत संगीत त झन बजारमा कति हो कति छन । यहि लोकप्रियता तथा गीत संगीत निकाल्ने क्रममा पछिल्लो पुस्तामा आफ्ना गीत संगीतलाई रचनात्मक र कलात्मक बनाउदै आफ्नो बर्सोच्चो कायम गर्दै गितकार / रचनाकार प्रदिप सुवेदीको एकल शब्दमा रहेका विभिन्न एल्बममा समाबेश भएका नया गीतहरुको गीतीएल्बम “the Best10” बजारमा आएको छ । सुवेदीका यी एकल शव्दमा भने अहिलेको पछिल्लो समयमा निकै ब्यस्त हुदै आएका संगीतकार पुर्श्वोतम न्यौपाने को संगीत रहेको छ भने न्यौपाने आफैमा गाएक तथा एरेन्जर पनि हुन ।

न्यौपाने र सुवेदीले बनाएको यस गीति एल्बममा पुराना अलिक दर्शक श्वोता माझ चिर परिचीत गाएक शिव परियार र इन्दिरा जोशी को समुधुर आवाजमा सजिएका गित सुन्नु सकिनु को साथै यस एल्बममा अबको समयमा नेपाली गीतसंगीतमा भर्खरै उदाउन लागेकी नेपाली गीत संगीतका लागि आशा लाग्दी गायिक अस्मिता अधिकारी, अनि गायक शिब बस्याल, आशिष राई , करन कडेल , सुजन रेग्मीको पनि आवाज सुन्न सकिने छ भने उक्त एल्बमलाई ग्रेस म्युजिक ले बजार ब्यबस्थापन गरेको छ । एउटै एल्बममा रहेका 10 वटा गीत बजारमा आउनु गीत, संगीत प्रेमिको लागि खुसीको कुरा हो हेरौ, यो खुसीको क्षणलाई कसरी एल्बमले सन्तुष्ट पार्ने र बजारमा कतिको आफ्नो बर्सच्चो कायम गर्ने हो त्यो भने हेर्न नै बाकी छ अनि सम्पुर्ण टिमलाई शुभकामना ।।।