स्वदेशी फूलको मूल्य वृद्धि

कार्तिक २२,काठमाडौँ – नेपालीको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा अघोषितरूपमा गरिएको नाकाबन्दीका कारण भारतबाट पूmल ल्याउन नसक्दा स्वदेशी उत्पादनको मूल्य बढेको छ ।

नेपालमा नयाँ संविधान जारी भएसँगै करिब दुई महिनादेखि भारतले लगाएको नाकाबन्दीका कारण हरेक वर्ष ल्याइने पूmल यस वर्ष ल्याउन नसक्दा स्वदेशी उत्पादनको मागसँगै मूल्य वृद्धि भएको हो ।

असन क्षेत्रमा पूmलको व्यापार गर्दै आउँनुभएका व्यापारीका अनुसार विगतका वर्षमा सयपत्री पूmलको प्रतिमालाको मूल्य रु १५० देखि रु २०० सम्म पर्ने गरेको भएपनि यसवर्ष बढेर रु ३०० सम्म रहेको छ ।

करिव दश वर्षदेखि इन्द्रचोकमा पूmलको व्यापार गर्दै आउनुभएका सिन्धुलीका राजकुमार पाटाले गत वर्षका तुलनामा यसवर्ष पूmलको मूल्य दोब्बरले वृद्धि हुँदा कारोबार गर्न कठिन भएको बताउनुभयो ।

अघिल्लो वर्षमा तिहार सुरू भएसँगै विशेषगरी तिहारमा प्रयोग हुने पूmल गोदावारी, सयपत्री र मखमलीको कारोबारको लागि सहज हुने भएपनि मूल्य वृद्धिका कारण यसपाली उपभोक्ताले पूmलको कारोबार त्यक्ति गरेका छैनन् ।

पाटाका अनुसार पोहोरसालसम्म तिहारको समयमा पूmल बिक्री वितरणबाट एक दिनमा रु एक लाखसम्मको कारोबार भएपनि अहिले रु ५०÷६० हजारको मात्र व्यापार हुने गरेको छ । तिहारका लागि असन क्षेत्रमा पूmलको माला किन्न जानुभएकी नुवाकोटकी राधिका अधिकारीले एउटा मालाको निश्चित मूल्यभन्दा पनि बजारमा मनमरी मूल्य लिने गरिएको गुनासो गर्नुभयो ।

“नाकाबन्दीको कारण देखाउँदै नेपालमै उत्पादन हुने पूmलसमेत ठाउँपिच्छे फरक फरक मूल्यमा बिक्री भइरहेको छ, तिहारको बेलामा पूmल नभइ हुँदैन कस्तो समस्या” उहाँले भन्नुभयो ।

यस वर्षको लागि अहिलेसम्म भारतबाट पूmल नआएपनि आउन सक्ने झिनो आशा भने अझै रहेको फ्लोरिकल्चर एसोसियसन नेपालका अध्यक्ष लोकनाथ गैरेले बताउनुभयो । बिगतको वर्षमा तिहार सुरू हुनुभन्दा १५ दिन अगाडि नै भारतबाट पूmल आयात गरिने गरिएको उहाँको भनाइ छ । अध्यक्ष गैरेका अनुसार गत वर्षको तिहारमा रु एक करोड ४० लाख बराबरको झण्डै दुई लाखवटा सयपत्री पूmलको माला भारतबाट आयात गरिएको थियो ।

विशेषगरी तिहारमा प्रयोग हुने सयपत्री पूmलको माग स्वदेको उत्पादनले मात्र धान्न नसक्ने हुँदा हरेक वर्ष भारबाट २० प्रतिशत पूmल ल्याइने गेरेको थियो । एसोसियसनका अनुसार यसअघिका समयमा उपभोक्ताको चहल पहल बढ्ने गरेको भएपनि यसवर्ष भने भूकम्प र नाकाबन्दीका कारण कम भएको हुँदा स्वदेशी उत्पादनले नै पुग्न सक्छ ।

पछिल्लो समय पूmलको प्रयोग होटल, सभा सम्मेलन र घरमा सजावट बढिरहेकाले वार्षिक रु अढाइ करोड बराबरको पूmलको कारोबार हुने गरेको छ । सबैभन्दा बढी काठमाडौँ उपत्यकामा ९० प्रतिशत पूmलको खपत हुने गरेको छ ।

प्रयोगमा वृद्धि भएसँगै हाल नेपालमा व्यावसायिकरूपमा पूmलको खेती गर्ने कृषक ६५० जना पुगेका छन् भने ती कृषकले ४५० प्रजातिका पूmलको खेती गर्दै आएका अध्यक्ष गैरेले बताउनुभयो ।

तिहारमा सयपत्री पूmल र प्रणय दिवसका लागि रातो गुलाफ भारतबाट ल्याइने गरेको छ । काठमाडाँै उपत्यकाको तीनवटै जिल्ला, नुवाकोट, चितवन, धादिङ, काभ्रेपलाञ्चोक, नवलपरासीलगायतका जिल्लामा करिब ३०० प्रजातिका पूmलको व्यवसायिक खेती हँुदै आएको छ । सयपत्री पूmल भारतबाट ल्याउने गरेको भएपनि केही वर्षयता गोदावरी र मखमली पूmल अस्ट्रेलिया तथा मलेसिया निर्यात हुने गरेको छ ।

पूmल व्यवसायी कपिल रायमाझीले सधैभरी विदेशबाट पूmल आयात गर्नुको सट्टा पूmल व्यावसायीले उत्पादनको क्षेत्र विस्तार गर्दै गुणस्तरिय पूmल उत्पादन गर्नुपर्ने बताउनुभयो । यसवर्षको तिहारमा पूmलसँगै दाजुभाइलाई उपहारको रूपमा प्रदान गरिने भाइ मसला सामानको समेत मूल्य वृद्धि भएको छ ।

साँखुका ओशा श्रेष्ठले अघिल्लो वर्ष रु १५० मा बिक्री गरेको भाइ मसलाको सामान नाकाबन्दीका कारण अहिले रु २०० सम्म पर्ने बताउनुभयो ।