कांग्रेसले भन्छ : एमालेसंग दुरी बढ्यो

कार्तिक २०, काठमाडौँ – कांग्रेसले संविधान संशोधन विधेयक र भूकम्प प्रभावित क्षेत्रमा पुर्ननिर्माण प्रयोजनका लागि तत्कालिन कांग्रेस नेतृत्वको सरकारद्वारा प्रस्तावित प्राधिकरण गठन सम्बन्धी विधेयकको बिषयमा एमालेसंग दुरी बढेको कांग्रेस नेताहरुले बताएका छन ।

यी दुई विधेयक अल्मल्याउने षडयन्त्र भएको बताउदै कांग्रेसको निर्णयमा भनिएको छ,’यो विधेयकलाई तत्काल पारित गरी भूकम्प प्रभावित क्षेत्रमा राहत र पुर्ननिर्माणलाई प्रभावकारी बनाउन सरकारसाग माग गर्दछ ।’
कांग्रेस बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले ६ जना उपप्रधानमन्त्री बनाएको प्रति खेद प्रकट गरेको छ ।
‘देश कठिन अवस्थाबाट गुजि्ररहेको र जनता महंगी, अभावबाट आहत भएको बेला वर्तमान सरकारले ६ जना उपप्रधानमन्त्री नियुक्ति गर्ने, स्वेच्छाचारी ढंगले मन्त्रालय टुक्र्याउने र सत्ताको व्यापक दुरुपयोग गर्न थालेको छ’ कांग्रेसले निर्णयमा भनेको छ,’यसप्रति हामी खेद प्रकट गर्दछौ ।’ आजको कान्तिपुर दैनिकमा खबर छ ।