फेरी अनुराधालाई अन्तराष्ट्रिय अवार्ड

असोज २८, काठमाडौँ – मानव बेचबिखनविरुद्धको अभियानमा अग्रणी भूमिका निर्वाह गरेकी माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला स्विडेनको चाइल्ड १० (सी टेन) अन्तर्रा्ष्ट्रिय अवार्डबाट सम्मानित हुने भएकी छन्।

बालअधिकार स्थापनार्थ गरेको योगदान र बालबालिका बेचबिखनविरुद्धको अभियानमा निरन्तर लागेबापत कोइरालालाई उक्त अवार्ड प्रदान गर्न लागिएको हो।
नोभेम्बर ८ देखि १० तारिखमा स्विडेनको राजधानी स्टकहोममा आयोजना हुने समारोहमा उनलाई पुरस्कृत गरिनेछ।
पुरस्कारको राशि एक लाख स्विडिस क्रोनर छ।पुरस्कार पाएपछिको खुसी व्यक्त गर्दै कोइरालाले भनिन, ’यो पुरस्कार मेरो मात्रै होइन, समस्त नेपालीको हो। बेचबिखनविरुद्धको अभियानमा अगाडि लागेपछि सबैको साथ र सहयोग पाएको छु।’
नेपालबाट सी टेन अवार्ड पाउने कोइराला दोस्रो व्यक्ति हुन्। गत वर्ष शक्ति समूहकी अध्यक्ष सुनिता दनुवारले पनि बेचबिखनको क्षेत्रमा र्पुयाएको योगदानबापत उक्त पुरस्कार पाएकी थिइन्।