पैसा भन्ने चिज कस्तो ? हेर्नुस भिडियो

काठमाडौं – युवा निर्देशक कमल एक्चै मगरले निर्देशन तथा सम्पादन गरेको ‘पैसा भन्ने चिजै कस्तो’ बोलको बिहीबार सार्वजनिक भएको नयाँ म्युजिक भिडियोमा नीताले पैसा मोह देखाएकी हुन् । जवानीलाई पैसामा बेच्न पल्केकी नीता आफ्ना प्रेमीलाई धोका दिन कत्ति पनि पछि परेकी छैनन् ।

सीडी विजय अधिकारीको सुमधुर आवाजमा सजिएको मार्मिक गीतमा क्रिस गुल्मेली बाबुले नै शब्द भरेका हुन् भने डी.आर.अटुले संगीत भरेका हुन् । विष्णु अधिकारीले संगीत संयोजन गरेको गीतमा निरोज श्रेष्ठले क्यामेरा चलाएका छन् ।

म्यूजिक भिडियोमा पैसाका लागि सडकमा माग्न बसेका मानिसहरुको पीडालाई समेत निर्देशक मगरले मार्मिक ढंगमा प्रस्तुत गरेका छन् । जसले यो म्युजिक भिडियोलाई सुनमा सुगन्ध थप्ने काम गरेको छ ।

हेर्नुहोस् भिडियो