कांग्रेसविनै प्रधानमन्त्री बन्न सक्छन ओली

असोज २०, काठमाडौँ – नेपाली कांग्रेस, र यसका सभापति सुशील कोइराला एमाले अध्यक्ष केपी ओलीलाई समर्थन दिन तयार नरहेको स्पष्ट भएपछि एमाले कांग्रेसविनै संसदमा बहुमत हासिल गर्ने तयारीमा जुटेको छ ।

यद्यपि अन्तिम समयसम्म पनि कांग्रेस, एमाओवादीलगायतका धेरै दलहरु मिलेर सरकार बनाउने पक्षमा एमाले रहेको एक नेताले बताए । विगतमा भएको भद्र सहमतिमा कांग्रेस नआएपछि एमालेले सरकार गठनको गृहकार्य शुरु गरेको हो । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।