भारतीय हस्तक्षेप विरुद्ध एकसय बढी भारतीय प्रभावशाली व्यक्ति

असोज १८, काठमाडौं – नेपालको आन्तरिक मामिलामा भारत सरकारले हस्तक्षेप गरेको भन्दै भारतका सयभन्दा बढी प्रभावशाली व्यक्तिहरुले संयुक्त विज्ञप्ति जारी गरेका छन्। वक्तव्यमा नेपालमा संविधान जारी भएकोमा खुसी जनाउँदै भनिएको छ- विगतमा भारत सरकारले अपनाएको ठूल्दाइ प्रवृत्तिका कारण दुवै देशको सम्बन्धमा कटुता आएको छ जसलाई नेपालीहरुले भारतको विस्तारवादी नीतिका रुपमा लिएका छन्।

‘आफ्ना प्रतिनिधिहरु चुन्ने, कस्तो शासन प्रणाली चाहिन्छ निर्णय गर्ने, आफ्नो संविधान बनाउने र त्यसमा संशोधन गर्ने सार्वभौम अधिकार नेपाली जनताको हो। भारत सरकारले छिमेकी देशहरुसँगको शान्तिपूर्ण अस्तित्वको यो सिद्धान्तको उल्लङ्घन गरेको छ’, वक्तव्यमा भनिएको छ।

वक्तव्यमा हस्ताक्षर गर्नेमा प्रमुख बुद्धिजीवीहरुका साथै अनेक वामपन्थी, जनतान्त्रिक र क्रांतिकारी धारा के प्रमुख नेता छन्। त्यस्तै अनेक लेखक, पत्रकार, शिक्षाविद, फिल्मकारले पनि विज्ञप्तिमा हस्ताक्षर गरेका छन्।

वक्तव्यमा हस्ताक्षर गर्हरुमा प्रमुख बुद्धिजीवीहरुका साथै वामपन्थी, लोकतान्त्रिक र क्रान्तिकारी धाराका प्रमुख नेता पनि रहेका छन् जसमध्ये एस. सुधाकर रेड्डी (महासचिव, भारतीय कम्युनिस्ट पार्टी), अमरजीत कौर (राष्ट्रिय सचिव, भारतीय कम्युनिस्ट पार्टी), स्वपन मुखर्जी (पोलिटब्यूरो सदस्य, सीपीआई (एमएल-लिबरेशन), के.एन. रामचंद्रन (महासचिव सीपीआई एमएल-रेड स्टार), देवब्रत विश्वास (महासचिव, ऑल इंडिया फॉरवर्ड ब्लॉक), अखिलेंद्र प्रताप सिंह (संयोजक, ऑल इंडिया पीपुल्स फ्रंट), शिवमंगल सिद्धांतकर (महासचिव, सीपीआई एमएल-न्यू प्रोलिटेरियन), रघु ठाकुर (अध्यक्ष, लोकतांत्रिक समाजवादी पार्टी), अर्जुन प्रसाद सिंह (पीपुल्स डेमोक्रेटिक फ्रंट ऑफ इंडिया) आदि प्रमुख रहेका छन् ।

लेखक, पत्रकार, शिक्षाविद, फिल्मकर्मी आदिले पनि विज्ञप्तिमा हस्ताक्षर गरेका छन् जसमध्ये प्रमुख छन्- आनंद पटवर्द्धन (फिल्मकर्मी), अनिल सद्गोपाल (शिक्षाविद्), अमित भादुड़ी र निर्मलांगशु मुखर्जी (बुद्धिजीवी), मनोरंजन मोहंती (राजनीतिशास्त्री), कमल नयन काबरा र गिरीश मिश्र (अर्थशास्त्री), असद जैदी, मंगलेश डबराल, पंकज बिष्ट, विष्णु नागर, नीलाभ, पंकज सिंह, विष्णु खरे, रंजीत वर्मा, उज्ज्वल भट्टाचार्य, मदन मोहनजस्ता कवि-कथाकार, शमशुल इस्लाम (रंगकर्मी), गौतम नवलखा, आनंद स्वरूप वर्मा, राहुल पंडिता, अभिषेक श्रीवास्तव, पलाश विश्वास, जावेद नकवी, अमलेंदु उपाध्यायजस्ता पत्रकार आदि ।