पाँच हजारमा ग्यास बेच्नेको यसरी भयो मामाघरको बास

असोज १५, चितवन – बजारमा ग्यासको अभाव भएको मौका छोपी कालो बजारी गर्ने भरतपुरका दुई व्यापारीलाई स्थानीय प्रशासनले पक्राउ गरेको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनका बजार संरक्षण अधिकृत नेत्रप्रसाद शर्माका अनुसार पक्राउ पर्नेमा भरतपुर उपमहानगरपालिका–१० का ध्रुव पौडेल र कृष्णप्रसाद सापकोटा छन् ।

उनीहरूले प्रतिसिलिन्डर रु पाँच हजारमा ग्यास बिक्री गरेको पाइएपछि पक्राउ गरी कारबाही अघि बढाइएको उहॉले बताउनुभयो । बजारमा पछिल्लो समय ४ हजारमा पाइने ग्यस कालोबजारीमा ८ हजार सम्ममा बिक्रि भइरहेको स्थानीयहरु बताउँछन् ।