वौनियामा जलाईयो मोदिको पुत्ला र भारतीय रुपैया

राजेन्द्र रावल

असोज १२, कैलाली – कैलालीको मध्यवर्ती क्षेत्रमा रहेको बौनियम वजारमा भारतीय प्रधान मन्त्री नरेन्द्र मोदिको पुत्ला जलाईयको छ । भारतले नेपाल माथि गरेको ठाडो हस्तक्षेप को विरोध गर्दै देसका विभीन्न भागमा विभीन्न पक्ष एवम संघ संस्था , बिधार्थी संगठन ले गरीरहेको मोदिको पुतला दहनको काम आज वौनिया वजारमा समेत गरीयको छ ।
अनेरास्वीयु र अनेरास्वीयु क्रान्तीकारी,सडकपुर वौनिया युवा क्लव का खेलाडी , गावीस स्तरीय युवा संजाल का सदस्यहरु लगायतको अगुवाईमा भयको कार्यक्रममा १०० को संख्यामा विधार्थी ,युवा र आम सर्वसाधरण को सहभागीता रहेको थीयो । कार्यक्रम मा मोदि सरकार मुर्दावाद , भारतीय हस्तक्षेप वन्द गर , अघोसीत नाकावन्दी खुल्ला गर लगायतका भारत विरोधी नारा समेत लगाईयको थियो । कार्यक्रम मा भारतका सम्पूर्ण कुरा को हामि स्वाभीमानी नेपाली विरोध र्गदछौ भन्ने कुरा को सांकेतीक विरोध का रुपमा खेलौना भारतीय रुपैया समेत जलाईयको थियो ।