रेडियो राजधानीले रोक्यो हिन्दी गीत

असोज १०, काठमाडौँ – रेडियो राजधानीले हिन्दी गीत प्रसारणमा पर्तिबन्दा लगाएको छ । भारतले नेपाल माथि गरेको अघोषित नाकाबन्दीको विरोध गर्दै सोमबारबाट कुनैपनि हिन्दी गीत नबजाउने भएको हो ।

रेडियो राजधानीले यो अभियानको सुरु गरेको र अरु मिडियाले पनि हिन्दी गीत प्रसारण बन्द गर्नुपर्ने रेडियो राजधानीका शिबशक्ति आचार्यको भनाइ छ । मौलिक गीतसंगीतको संरक्षणमा सक्रिय उक्त रेडियोको यो अभियानको सर्बत्र स्वागत भइरहेको छ ।
रेडियो राजधानी काठमाडौँ को चपलकारखानामा अबस्थित छ ।