पेरिसडाँडामा प्रचण्ड नाकाबन्दीविरुद्ध यसरी कड्किए

असोज ११, काठमाडोँ – एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नयाँ संविधान बनेपछि स्वागत गरेर खुसी हुनुपर्ने छिमेकी भारतले नाकाबन्दी गरेर नेपाली जनताको निर्णयको अपमान गरेको आरोप लगाएका छन्।

आइतबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्ने क्रममा प्रचण्ड भारतीय व्यवहारविरुद्ध निकै आक्रमक रुपमा प्रस्तुत भए । बैठकमा सहभागी एक सदस्यका अनुसार प्रचण्डको प्रश्न थियो, असल छिमेकीको व्यवहार यस्तै हुन्छ रु अब हामीले के बुझ्ने रु

प्रचण्डले आन्दोलनकारी मधेसी मोर्चालाई अघि सारेर भातरले नाकाबन्दी लगाएको बताए। पूर्व प्रधानमन्त्रीको हैसियतमा रहेका नेपाली नेताहरुलाई भारतीय राजदूत रञ्जित रेले अपमान गरेको पनि खुलासा गरेका छन ।

‘हामी पूर्व प्रधानमन्त्री भइसकेका नेताहरुलाई राजदूतले आएर अपमान गर्ने अवस्था आयो । अव हामी तिमीहरुका दास बन्न सक्दैनौ, हाम्रो संविधान हामी आफै बनाउँछौ’ भारतीय अधिकारीहरुलाई आफूले दिएको जवाफ उघृत गर्दै दाहालले आइतवार पेरिसडाँडामा बसेको केन्द्रीय समितिको पूर्ण बैठकमा भने ।

राज्यले जति लचकता अपनाए पनि केहि मधेशी नेताहरुको वार्तामा आउने नियत नदेखिएको बताउँदै प्रचण्डले भने, बाबुरामजीले सात दिन प्रक्रिया स्थगित गरौ भन्दा मैले भने सात दिन होइन,१० दिन प्रक्रिया स्थगित गर्न सकिन्छ तर सबै सभासदहरु संविधानसभा परिसर भित्रै रहनुपर्छ, मधेशी मोर्चाका नेताहरु उपेन्द्र यादव,महन्थ ठाकुर लगायतलाई त्यहि बोलाएर वार्ता गर्नुपर्छ भन्ने अडान लिएको हु। सभासदहरु संविधानसभाबाट बाहिर जाने बित्तिकै संविधान जारी हुँदैन भनेको हुँ ।’अन्नपूर्ण पोष्टमा खबर छ ।